गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४५
Dho

मोटरसाईकल दुर्घटनामा परी बाजुरा र डाेटीका ३ जना घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ ०६, २०८१
मोटरसाईकल दुर्घटनामा परी बाजुरा र डाेटीका ३ जना घाइते

बाजुरा : डोटीमा मोटरसाइकल दुर्घटनामा परी ३ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना बाजुरा र १ जना डोटीका युवक रहेका छन् । दुई वटा मोटरसाइकल एक-आपसमा ठोक्किएर तीन जना घाइते भएको प्रहरीले बताएको छ ।

सु.प.प्र. ०१–०१२ प. ३५३३ नं. मा सवार बाजुरा बुढीगंगा नगरपालिका-८ का २० वर्षीया सुवास बानीयाँ, उनकी बहिनी १७ वर्षीया माया बानीयाँ रहेका छन् ।

यस्तै दिपायल सिलगढी नगरपालिका-६ बस्ने १८ वर्षीया विकास खत्री रहेका छन् । खत्रीले बा.प्र. २०१९ प. १३४१ नं. को मोटरसाइकल चलाएका थिए ।

बाजुराबाट धनगढी जाने क्रममा दिपायल सिलगढी नगरपालिका-६ स्थित थाप्लामा मोटरसाइकल एक आपसमा ठोक्कीएका थिए । सुवासको छाती, घुडाँ र पेटमा चोट लागेको छ । भने मायाको पेट र खुट्टामा चोट लागेको छ । विकास खत्रीको पेट, छाती र खुट्टामा चोट लागेको छ । 

दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा राखेको छ । प्रहरीका अनुसार चालक सुवास र विकासको अवस्था गम्भीर रहेको छ भने मायाको अवस्था सामान्य देखिएको छ । घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । 

प्रतिक्रिया