गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३८
Dho

दैलेखमा पेट्रोलियम अन्वेषण : ड्रिलिङको काम ४० प्रतिशत सकियो

गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ ०६, २०८१
दैलेखमा पेट्रोलियम अन्वेषण : ड्रिलिङको काम ४० प्रतिशत सकियो

दैलेख : भैरवी गाउँपालिका जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ड्रिलिङको ४० प्रतिशत काम सकिएको छ ।

४ महिनामा सक्ने गरी गत जेठदेखि ड्रिलिङको काम सुरु गरिएको थियो । चिनियाँ र नेपाली टोली ३ महिनादेखि २ चरणमा काम गर्दै आएका छन् । वर्षौंदेखि ज्वाला बलिरहेका यी स्थानमा पेट्रोलियम पदार्थ भएको अनुसन्धानले देखिएपछि अन्वेषण थालिएको हो ।

४ महिनामा काम सक्ने लक्ष्यका साथ ड्रिलिङ थालिएकोमा जमिनमुनि कडा चट्टानका कारण १ महिना ढिला हुने अनुमान गरिएको छ । ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्नेमा हालसम्म १ हजा ६ सय ६६ मिटर ड्रिलिङ भइसकेको खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन भूगर्भविद् सुरेश श्रेष्ठले बताए ।

अहिले विज्ञहरुले २(२ मिटर गहिराइबाट निस्किएका ढुंगा र माटो परीक्षण गरी तथ्यांक संकलन गरिरेहका छन् । २७ सय मिटर ड्रिलिङ भएपछि सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी ३ वटा थप अध्ययन हुनेछ,’ उनले भने ‘पेट्रोलियम पदार्थ हुनका लागि तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका संकेतहरु सफलतापूर्वक प्राप्त भइरहेको छ ।’

चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । भूगर्भविद्हरुले ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछि पेट्रोलियम पदार्थ पत्ता लाग्ने बताएका छन् । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया