गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१५
Dho

हुम्लाको चङ्खेलीमा जीप दुर्घटनामा घाइते भएका एक जनाकाे उपचारका क्रममा मृत्यु

गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ ०६, २०८१
हुम्लाको चङ्खेलीमा जीप दुर्घटनामा घाइते भएका एक जनाकाे उपचारका क्रममा मृत्यु

सुर्खेत :  बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।  

मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए।

बुधबार बिहान चङ्खेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु खण्डको गौरीसल्लामा दुर्घटना भएको थियो ।

जीपका मालिक मल्लका दाइ नाता पर्ने रोशन शाहीले रासससँग भने,''रमेशले जीप किनेको चार/पाँच महिना मात्रै भयो । सानै उमेरमा बुबा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जीप किनेका थिए । रमेशका आमा,श्रीमती र दुई छोराछोरी छन् । उहाँ घरको एक्लो छोरा हुनुहुन्थ्यो ।

दुर्घटनामा गम्भीर भएका अन्य तीनजनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट  प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही,५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ रारा नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावतको सघन उपचार कक्षमा उपचार भइरहेको छ । प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेकाले चङ्खेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ । 

प्रतिक्रिया