गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२८
Dho

आज संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ ०६, २०८१
आज संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौँ : प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने गर्दछ ।

आज संसदमा केही विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने, सांसद तासिमाकार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्वको विषयमा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची छ ।

आजको संसदमा धितोपत्रसम्बन्धी (पहिलो संशोधन)विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णायार्थ पेस गर्ने, त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले धितोपत्रसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । 

प्रतिक्रिया