गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५२
Dho

करेन्ट लागेर गम्भीर घाइते भएका दुबै युवकलाई रिफर

गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ ०५, २०८१
करेन्ट लागेर गम्भीर घाइते भएका दुबै युवकलाई रिफर

बाजुरा : करेन्ट लागेर घाइते भएका बाजुराका दुबै जना युवकलाई सुर्खेत रिफर गरिएको छ । नेपाली सेनाकाे हेलिकप्टर मार्फत बडीमालिका नगरपालिका ६ कोर्धका २८ वर्षीय रुपक बडुवाल र ३२ वर्षीय राजेन्द्र नाथलाई जिल्ला अस्पताल बाजुराबाट रिफर गरिएको प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताएका छन् । 

बुधबार विहान ८ बजेतिर कोर्धाली गाड लघुजलविद्युत आयोजनाको तार मर्मतका लागि पोलमा चढ्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएको थियो । 

अवस्था गम्भीर रहेको र यहाँ उपचार सम्भव नहुने भएपछि हेलिकप्टर मार्फत सुर्खेत पठाईएको अस्पतालले जनाएको छ । केन्द्रीय प्रसारण लाइनसँगै तार जोडिएको पोलमा चढेपछि करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ । 

कोर्धाली गाड र केन्द्रीय प्रसारण लाइनको पोल पनि नजिक र तारपनि एक अर्काबीच छोएको अवस्थामा रहेको बुझिएको छ । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रलाई समेत कुनै जानकारी नगराई पोलमा चढेको देखिएको छ । 

जघुजलविद्युत आयोजनाको विद्यतु अफ भएपनि केन्द्रीय प्रशारण लाइनको विद्युत बन्द नभएकै अवस्थामा पोलमा चढेपछि करेन्ट लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया