गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५४
Dho

बाजुरामा करेन्ट लागेर २ जना घाइते

गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ ०५, २०८१
बाजुरामा करेन्ट लागेर २ जना घाइते

बाजुरा : बडीमालिका नगरपालिका ६ जडाङ्गामा करेन्ट लागेर २ जना घाइते भएका छन् । गाउँमा उत्पादन गरिएको कोर्धाली गाड लघुजलविद्यतु आयोजनाको तार मर्मतका लागि पोलमा चढ्नेक्रममा २ जना घाइते भएको प्रहरी नायव उपरीक्षक दिलिप गिरीले जानकारी दिएका छन् । 

घाइते हुनेमा बडीमालिका ६ कोर्धका वर्ष २९ का रुपक बडुवाल र बडीमालिका ४ रिलाका २८ वर्षका राजेन्द्र नाथ रहेका छन् । घाइते मध्ये बडुवाको अवस्था गम्भीर रहेको बताइएको छ । बडुवाललाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुराले रिफर गरेकाे छ । भने नाथको अस्पतालमै उपचार भइरहेको छ । 

केन्द्रीय प्रसारण लाइनसँगै तार जोडिएको पोलमा चढेपछि करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ । विहान साढे ८ बजेतिर करेन्ट लागेको हो । कोर्धाली गार्ड र केन्द्रीय प्रसारण लाइनको पोल पनि नजिक र तारपनि एकअर्काबीच छोएको अवस्थामा रहेको बुझिएको छ । 

नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रलाई समेत कुनै जानकारी नगराई पोलमा चढेको देखिएको छ । जघुजलविद्युत आयोजनाको विद्यतु अफ भएपनि केन्द्रीय प्रशारण लाइनको विद्युत बन्द नभएकै अवस्थामा पोलमा चढेपछि करेन्ट लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बाजुरामा विद्युतकै कारण केही वर्षयता मात्रै ११ जनाले ज्यान गुमाइ सकेका छन् ।

प्रतिक्रिया