गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०६:५८

कैलालीमा भारी वर्षा नदीमा जल सतह बढ्यो, ठाउँ–ठाउँका बस्ती डुबानमा

धनगढी
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ ०५, २०८१
कैलालीमा भारी वर्षा नदीमा जल सतह बढ्यो, ठाउँ–ठाउँका बस्ती डुबानमा

धनगढी : कैलालीमा मंगलबार रातभर अविरल वर्षा भएको छ । मंगलबार साँझदेखि सुरु भएको वर्षा बुधबार बिहानसम्म पनि जारी रहेको छ । वर्षाका कारण विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ भने ठाउँ–ठाउँमा बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ ।

कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले प्रायजसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेको बताए । खासगरी कान्द्रा नदी र मोहना नदीमा खतराको सतह पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सुर्तकता अपनाउन आग्रह गरिएको बोहोराले बताए ।

विभिन्न ठाउँमा बस्ती जलमग्न र डुबानमा परेका छन्। अहिलेसम्म घोडाघोडी नगरपालिका–९, गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका–७ र ९ मा गरेर करीब एक दर्जन बढि घर डुबानमा परेको प्रारम्भीक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया