गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१५
Dho

गाडी दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ ०४, २०८१
गाडी दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन

काठमाडौँ : हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ । सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो ।

उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए । पार्टीमा मुक्ति उपनामले चिनिने उनी कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान पनि हुन् ।

प्रतिक्रिया