गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५७
Dho

मुग्लिन-नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्यो

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ ०४, २०८१
मुग्लिन-नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्यो

काठमाडौँ : चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति पुगेको छ । ईच्छाकामना गाउँपालिका-५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२  नं. को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुंगा खसेको हो ।

प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने अन्य केही भएको छैन । कार भरतपुर महानगरपालिका -२ बस्ने सन्तोष कचिलाले चलाइरहेका थिए । अहिले सडक सञ्चालनमा छ । कार आफ्नो गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ ।

गएराति देखि नै चितवनसहितका आसपासका क्षेत्रमा पानी परिरहेको छ । सावधानी अपनाएरमात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । असार २८ गते पनि सोही सडकखण्डमा यात्रुवाहक बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको थियो ।

प्रतिक्रिया