गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:११
Dho

आज देशभर पानी पर्ने, भारी वर्षा हुने स्थानमा सचेत रहन आग्रह

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ ०४, २०८१
आज देशभर पानी पर्ने, भारी वर्षा हुने स्थानमा सचेत रहन आग्रह

काठमाडौं : आज देशका सबै प्रदेशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बिहान सबै प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिनभर नै सबै प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने र गण्डकी,लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भने ठूलो पानी पर्ने महाशाखाले बुलेटिनमा उल्लेख छ।  

आज राती पनि देशैभर सामान्य पानी पर्ने र कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

ठूलो पानी पर्ने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । 

प्रतिक्रिया