गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३९
Dho

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेट

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ ०४, २०८१
भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेट

काठमाडौँ : भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् ।

भेटका क्रममा आपसी हितका विविध पक्षमा नेपाल भारत सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी समेत भएको थियो । भेटपछि परराष्ट्रमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’

भेटमा भारतीय विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायत थिए भने नेपालको तर्फबाट दूताबासका अधिकारीहरु थिए । परराष्ट्रमन्त्री देउवाले सोमबार नै भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

दुई देशका विदेशमन्त्रीको भेटमा द्वीपक्षीय पहल र विकास आयोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहयोग विस्तारबारे कुराकानी भएको थियो । उर्जा क्षेत्रको सहकारी विस्तारबारे समेत भेटमा कुराकानी भएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया