गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२४
Dho

बाढी पहिरोबाट सोमबारसम्म मृत्यु हुनेको संख्या १९० पुग्यो, ४९ जना बेपत्ता

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०३, २०८१
बाढी पहिरोबाट सोमबारसम्म मृत्यु हुनेको संख्या १९० पुग्यो, ४९ जना बेपत्ता

बाजुरा : यसवर्षको मनसुनमा सोमबारसम्म बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १९० पुगेको छ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परेर कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ३८ जना घाइते भए ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय २७ वटा घर, १ सय १२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पु¥याएको छ । प्रहरीका अनुसार विपद्का घटनाबाट ४ हजार ८ सय १९ घर परिवार विस्थापित भएका छन् ।
 

प्रतिक्रिया