गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५३
Dho

पहिरोमा ज्यान गुमाएका परिवारलाई सुदूरपश्चिम सरकारले प्रतिव्यक्ति एक लाख दिने

बझाङ
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०३, २०८१
पहिरोमा ज्यान गुमाएका परिवारलाई सुदूरपश्चिम सरकारले प्रतिव्यक्ति एक लाख दिने

बझाङ : बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोमा परि मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरुप प्रति व्यक्ति एक लाख प्रदान गर्ने घोषणा गरेका हुन् ।

उनले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् । साथै खोज, उद्दार तथा राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन गरेका छन् ।

पहिरोमा परेर ५५ वर्षीया काली धामी, वीराकी जेठी बुहारी २८ वर्षीया गोल्की धामी, गोल्कीका जेठी छोरी ६ वर्षीया आशीका धामी र गोल्कीकै कान्छी छोरी वर्ष ३ की लक्ष्मी धामीको मृत्यु भएको छ ।

प्रतिक्रिया