गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५३
Dho

बझाङमा घर माथिबाट पहिरो खस्यो : एकै परिवारका ४ जना बेपत्ता, ५ को उद्धार

बझाङ
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०३, २०८१
बझाङमा घर माथिबाट पहिरो खस्यो : एकै परिवारका ४ जना बेपत्ता, ५ को उद्धार

बझाङ : बझाङको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीका श्रीमती बुहारी र दुई नातिनी बेपत्ता भएका छन्।

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले ५ जनाको जिवितै उद्धार गरिएको छ भने चार जना बेपत्ता भएको स्थानीय भरत महराले बताए।

उद्धारका लागि अहिले झापा प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ खटिएको छ । स्थानीयहरू रातभर लागे पनि उद्धारमा कठिनाइ भइरहेको छ ।

सदरमुकाम चैनपुरमा नेपाल टेलिकमको कुनै सेवा नहुँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क हुन सकेको छैन ।

बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामीको उद्धार भएको र उनीहरु सकुशल रहेका स्थानीयले जनाएका छन्।  काली धामी, गोल्की धामी, आशिका धामी, लक्ष्मी धामी भने भेटिएका छैनन्। उनीहरुको उद्धार भैरहेको स्थानीयले बताए ।

प्रतिक्रिया