धनगढी ःदार्चुलाको शैल्यशिखरमा कार्यरत दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले उक्त नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कृषि समूहको बिल भुक्तानी गर्दा कसिमनबापत सेवाग्राहीसँग ४ लाख १२ हजार बराबरको घुस र २ लाख ५० हजार बराबरको दुई वटा चेक (पाँच लाख) सहित केही दिन पहिले आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो। आयोगले आज ९ लाख एक हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
प्रतिक्रिया