गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३९
Dho

बालेन र सुनितालाई जोडेर एआई भिडिओ बनाएका बाजुराका युवक प्रहरीकाे फन्दामा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०२, २०८१
बालेन र सुनितालाई जोडेर एआई भिडिओ बनाएका बाजुराका युवक प्रहरीकाे फन्दामा

बाजुरा : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर विशिष्ट व्यक्तिहरुको फेक भिडिओ बनाउँदै आएका युवक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले बाजुराकाे खप्तड छेडेदह गाउँपालिका-५ का २२ वर्षीय रमेश बहादुर रावतलाई पक्राउ गरेको हो ।

उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । हालैमात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एआइ भिडिओ भाइरल भएको थियो ।

त्यसविरुद्ध सुनिताले साइबर ब्यूरोमा उजुरी समेत गरेकी थिइन् । पक्राउ परेका युवक सिन्धुपाल्चोकमा मेडिकल व्यवसाय गर्छन् । उनले अरु पनि फेक भिडिओ बनाउने गरेको पाइएको छ । तीन पार्टीका प्रमुख नेताहरु डान्स गरेको भिडिओ पनि उनले बनाएका थिए ।

प्रतिक्रिया