गाैमुल खबर डटकम शनिबार ०६, बैशाख २०८२ ११:१८

धनगढीमा गौरा महोत्सव हुँदै

धनगढी
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०२, २०८१
धनगढीमा गौरा महोत्सव हुँदै

धनगढी ः कैलालीको धनगढीमा गौरा महोत्सव आयोजना गरिने भएको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा गौरा महोत्सव हुने भएको हो।

धनगढी उपमहानगरपालिका–१ मा रहेको खुला मञ्चमा भदौ ८, ९ र १० गते गौरा महोत्सव सञ्चालन गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीले बताए।

गौरा पर्वको महत्व झल्किने गौरा महोत्सव यस वर्ष पृथक तरिकाले आयोजना गरिने उनले बताएका हुन्। साथै यस बर्षबाट डेउडा समुदायलाई मात्रै केन्द्रित नगरेर विद्यालयस्तरीय डेउडा प्रतियोगिता पनि समावेश गरिनेछ। डेउडा प्रतियोगितामा डेउडीयालाई समेत सम्मान गरिने डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताए।

डेउडा प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार १ सय ११, दोस्रो हुनेलाई ७ हजार ७ सय ७७, तेस्रो हुनेलाई ५ हजार ५ सय ५५ र सान्त्वनावाफत ३ हजार ३ सय ३३ नगदसहित प्रमाणपत्र प्रदान गरिने डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवश चन्दले बताए।

प्रतिक्रिया