गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४८
Dho

धनगढीमा डेरामा बस्दै आएकी युवती मृत फेला, घटना शंकास्पद

धनगढी
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ ०२, २०८१
धनगढीमा डेरामा बस्दै आएकी युवती मृत फेला, घटना शंकास्पद

धनगढी ः धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका-१ काे चकमेली चाेक नजिकै युवती मृत अवस्थामा फेला परेकी छन् । कञ्चनपुरकाे बेलाैरी नगरपालिका घर भएर धनगढीमा डेरामा बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकेन्द्रसिंह कार्कीले थापा आईतबार दिउँसो डेरा गरी बस्ने काेठामा मृत भेटिएको बताए । उनी काेठाकाे झ्यालमा झुन्डिएको अवस्थामा भेटिएपनि घटना शंकास्पद रहेकाे छ ।

अहिले शव उठाइएको छैन । उनकाे शरीरमा घाउ, चाेटपटक रहेकाे प्रहरीकाे भनाई रहेकाे छ । थापा शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट पढ्दै आएकी थिइन् ।

प्रतिक्रिया