गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५४
Dho

प्रधानमन्त्री ओलीद्धारा बडीमालिका पूजाको शुभकामना !!

बाजुरा
रमित वि.क.
आइतबार, भदौ ०२, २०८१
प्रधानमन्त्री ओलीद्धारा बडीमालिका पूजाको शुभकामना !!

बाजुरा : प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिकामा आईतबार बिहानैदेखि पूजाआजा चलिरहेको छ । हरेक वर्षको भाद्र शुक्ल चतुर्दशी ( जनैपूर्णिमाको अघिल्लो दिन) बडीमालिका मन्दिरमा पूजाआजा हुने प्रचलन छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत सुदूरपश्चिमको प्रसिद्ध प्राकृतिक तीर्थस्थल बडीमालिका मन्दिरमा आईतबार बिहान पूजा भईरहेको छ, ‘बडीमालिका उत्सव’ भन्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ४ हजार २ सय १६ मिटर उचाईमा रहेको यो तीर्थस्थल बाजुरामा पर्छ । श्रावण शुक्ल चतुर्दशीदेखि जनैपूर्णिमासम्म यहाँ मेला भर्न नेपाल र भारतको टाढा–टाढाबाट यात्रीहरु आउँछन् ।

तीर्थालु भक्तजन शुक्रबार त्रिवेणीमा, शनिबार बिहान त्रिवेणीमा स्नान गरेर साँझ बडीमालिकामा पुगेका छन् । बडीमालिकामा चलिरहेको पूजाआजामा हजारौंको संख्यामा भक्तजनको घुइँचो रहेको बडीमालिका नगरपालिकाका नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।

नगर उपप्रमुख थापाले भनिन् ‘बडीमालिका पुग्ने पर्यटकको संख्या पनि वर्षेनी बढीरहेको छ ।’ त्रिवेणीमा स्नान गरी बडीमालिका माताको दर्शन गर्नाले आफूले ईच्छाएका सबै मनोकांक्षा पूरा हुने जनविश्वास हिन्दुू धर्मावलम्बीमा रही आएको छ ।

भक्तजनहरू आईतबार विहान बडीमालिका पुजाआजा सकेर फर्किने छन् । बडीमालिकाबाट फर्केर उनीहरू आईतबार साँझ त्रिवेणी नगरपालिकाको नाटेश्वरी पुग्ने चलन रहेको छ ।

बडीमालिका दर्शन गरिसकेपछि नाटेश्वरी भगवतीको दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । रक्षाबन्धनका दिन नाटेश्वरीमा पूजाआजा गरिसकेपछि तीर्थालु आ–आफ्ना गन्तव्यतर्फ फर्किने प्रचलन रही आएको छ ।

प्रधानमन्त्रीकाे शुभकामना सन्देश 

प्रतिक्रिया