गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३७
Dho

धनगढी विमानस्थलबाट परपुरुषसँग भाग्न लागेकी महिलालाई परिवारको जिम्मा लगाइयो

धनगढी
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ ०१, २०८१
धनगढी विमानस्थलबाट परपुरुषसँग भाग्न लागेकी महिलालाई परिवारको जिम्मा लगाइयो

धनगढी ः धनगढी विमानस्थलबाट परपुरुषसँग भाग्न लागेकी एक महिलालाई परिवारको जिम्मा लगाइएको छ। हिजो (शुक्रबार) धनगढी विमानस्थलबाट परपुरुषसँग भाग्न लागेकी कैलालीको लम्की चुहा नगरपालिका–८ की ३५ वर्षीयाँ महिलालाई उनको श्रीमानको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदमबहादुर विष्टले बताए।

धनगढी विमानस्थलमा दुबईमा बस्दै आएका युवकसँगै भाग्ने क्रममा पक्राउ परेकी महिलालाई प्रहरीले परिवारको जिम्मा उनले बताए। ती महिलालाई युवकबाट छुटाएर उनका श्रीमानले बुझेर घर फिर्ता लगेको एसपी विष्टले बताए। महिलालाई लैजान दुबईबाट धनगढी आएका सुनसरी घर भएका सुलेमान मनसुरीलाई भने जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ।

मनसुरीस्थित परिवारका सदस्य अहिले धनगढी आइपुग्दै छन्। उहाँहरु आएपछि युवकलाई पनि परिवारको जिम्मा लगाइने उनले बताए। विवाहित महिलासँग सामाजिक सञ्जालबाट प्रेम सम्बन्धमा रहेका युवकले मनसुरी भगाएर काठमाडौँ लैजाने क्रममा शुक्रबार महिलासहित धनगढी विमानस्थलबाट पक्राउ परेका थिए। प्रहरीका अनुसार ती महिला युवकसँग जाने अडान राख्दै आए पनि अन्तिममा परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ। महिलाका घरमा दुई जना छोरा समेत छन्।

प्रतिक्रिया