गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५७
Dho

स्वरका धनी प्रकाश थापा र छोरा आशीष कुमार थापाको 'हितकी परानी'

आशीषको पहिलो गीत चर्चामा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ ०१, २०८१
स्वरका धनी प्रकाश थापा र छोरा आशीष कुमार थापाको 'हितकी परानी'

बाजुरा : देउडा गायन र प्रकाश थापा पर्यावाची हुन् । देउडा गीत, त्यसैमा ठाडी भाका र देउराखेल लयका गीतमा प्रकाश अनिवार्य जस्तै छन् । श्रोता स्वरमा मख्ख छन् । शब्दकारहरु गीतले बजार पाउनेमा विश्वस्त हुन्छन् । थापाले आफ्नो दुई दशक लामो गायन यात्रामा सयैंको संख्याका गीतमा स्वर दिइरहेका छन् । ठाडीभाका, लोक भाका जस्ता देउडा प्याटनका सबै जसो गीतमा प्रकाश थापाकै स्वर भेटिने गर्छ । भन्दा फरक पर्दैन प्रकाश देउडा गीत गाउनकै लागि जन्मीएका हुन् । 

तीनै थापा फेरि चर्चाको शिखरमा छन् । अरुकै गीत गाउने थापाले सायद पहिलो पटक आफ्नै लय शब्द र संगीतमा गीत सार्वजनिक गरेका छन् । त्यो पनि आफ्नै सन्तानलाई साथमा राखेर । आफूसँगै एउटै गीतमा स्वर दिन लगाएर छोरा आशिष कुमार थापालाई पनि संगीतीक दुनियाँमा प्रवेश गराएका छन् । 

सुदूर र कर्णाली प्रदेशका गीतका भाकामा साम्राज्य जमाएका थापाले आफ्नै शब्द, संगीत र स्वरको गीतले फेरि तहल्का पीट्ने संकेत गरेको छ । सार्वजनिक भएकै दिन गीतले व्यापक चर्चा पाएको छ । जुन गीत हो, हितकी परानी । आफ्नी प्रेमीका वा माया गरेकी मान्छेलाई लक्षित गरेर गीतका शब्द लेखिएको छ । गीतको संगीत संयोजन अहिलेका चर्चित एरेन्जर कृष्ण बाजुरालीले गरेका छन् । 

गाउँको झर्रा लयमा तयार पारिएको गीत सबैको मुखमा झुण्डीने खालको बनेको छ । बाउ छोराले संँगै गाएको गीत भएकै कारण पनि थप चर्चा पाउने विश्वास गरिएको छ । पेशाले स्थायी शिक्षक रहेका थापा देउडा गीत गायनमा छुट्टै पहिचान बनाएका छन् । 

थापाले आफ्नै युटुब च्यानल मार्फत गीत सार्वजनिक गरेका छन् । गीत रेडर्क गरिएको स्टुडियो भित्रकै गायन दृश्यलाई भिडियोमा राखेका छन् । गीतले छोरा र बाबु दुबै जनालाई राम्रो छाप छोड्ने संकेत गरेको प्रतिक्रिया सामाजिक सञ्जाल मार्फत प्रस्तुत गरिएको देखिन्छ । 

कृष्ण बाजुरालीकै मिक्सीङ्ग रहेको गीतको निर्देशन लोचन भुसालले गरेका हुन् । थापाले पहिलो गीत २०५७ सालमा बजारमा ल्याएका थिए । उनको पहिलो गीत “ सुदुरपश्चिम बिकटै भए नि, सम्झना छ मै मरी गए नि” हो । 

बाजुराको बडीमालिका नगरपालिका ८ घर भएका थापाले आफूसँगै छोराको सांगीतीक यात्रालाई अघि बढाउन खोजेको बताएका छन् । संगीत मेरो जीवनको अभिन्न अंग हो, त्यो अंगसँग मेरो छोरालाई पनि जोड्ने चाहना अनुसार नै गीतमा सहकार्य गरेका छौं, थापाले भन्नु भयो । 

थापाले बाजुरा बैकुण्ठ रैछ, रुन्या मन बुझाईजा, रेल गाडी लेट भयो, बाजुराको लाठ्या, खोलीको कायाजााल, तारा मधुराई छन, हिमाल राम्रो हिउँले, सिरु पात्या लैलै, गैरी पिपल ढाली, डाँफे हिमालैमा, खाउँ भन्या मोहि छैन, कोहि नेता चिन लाग्या, लगायतका सयैंको संख्यामा गीत दिएका छन् । यो गीतबाट पनि छोरा र बुबा दुबै जनालाई सुरुवादीमै सबैतिरबाट प्रंशसा आइरहेको देखिन्छ । 

प्रतिक्रिया