गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३९
Dho

तीन दिनदेखि अवरुद्ध विद्युत सेवा सुचारु

गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ ०१, २०८१
तीन दिनदेखि अवरुद्ध विद्युत सेवा सुचारु

बाजुरा : गौमुल गाउँपालिका-२ स्थित तुसारीगाड लद्युजल विद्युत पुन सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नहर भत्किएपछि विद्युत सेवा ३ दिनदेखि अवरुद्ध भएको थियो । आज उपभोक्ता समितिका पदाधिकारी र स्थानीयले नहर मर्मत गरेपछि विद्युत सेवा सञ्चालनमा आएको हो ।

तुसारीगाडमा आएको बाढीका कारण नहरमा जम्मा भएको लेदो पन्छ्याएको र भत्किएको नहर मर्मत गरेपछि विद्युत सेवा सुचारु भएको विद्युत उपभोक्ता समितिका संयोजक एवं वडा सदस्य प्रेम बहादुर रोकायाले बताएका छन् ।

उक्त वडाको दुर्गाली, रनेडा टोलका स्थानीयको सहयोगमा नहर मर्मत तथा सफा गरेको उनले बताए । विद्युत सेवा अवरुद्ध हुँदा विभिन्न सेवा प्रभावित हुनुको साथै विद्यार्थीलाई अध्ययनमा समस्या भएको थियो ।  

आजदेखि विद्युत सेवा सुचारु भएपछि सहज भएको छ । ४५ किलोवाट क्षमता रहेको तुसारीगाड लद्युजल विद्युतबाट २ सय ५० घरपरिवारले सेवा लिदैँ आएका छन् । 

प्रतिक्रिया