गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२४
Dho

विपीनको रिहाइ माग गर्दै अनेरास्ववियु बाजुराको हस्ताक्षर संकलन अभियान

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन ३२, २०८१
विपीनको रिहाइ माग गर्दै अनेरास्ववियु बाजुराको हस्ताक्षर संकलन अभियान

बाजुरा : गत असोज २० गते इजरायलको गाजासीमा क्षेत्रमा प्यालेस्टानी विद्रोही समुह (हमास) को आक्रमणमा परी बन्धक बनाएर राखिएका विपीन जोशीको रिहाइ माग गर्दै अनेरास्ववियु बाजुराले हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । 

अनेरास्ववियुको केन्द्रीय सर्कुलर अन्र्तगत बाजुरा सदरमुकाम मार्तडीमा पनि हस्ताक्षर अभियान थालिएको जिल्ला अध्यक्ष दीलबहादुर थापा भोटेले जानकारी दिएका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान  संकाय अन्तर्गत स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी विपिन जोशीको रिहाईको लागि कुटनैतिक पहल गर्न अनेरास्ववियु जिल्ला कमिटी बाजुराले बृहत हस्ताक्षर संकलन गरेको हो । 

मालिका नमुना मावि , बाजुरा क्याम्पस विद्यार्थी तथा शिक्षकहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु लगायतको हस्ताक्षर संकलन गरिएको बताइएको छ । अनेरास्ववियुले अभियान देशव्यापी रुपमा सञ्चालन गरेको हो । 
जोशीको रिहाईका लागि अनेरास्ववियुले देशब्यापी रुपमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको र सोहि निर्णयमाथि एक्यबद्धता जनाउदै बाजुरामा पनि हस्ताक्षर संकलन गरिएको हो । 

संकलन गरिएको हस्ताक्षरलाई जोशीको कुटनैतिक पहलका लागि अनुरोध सहित शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइने अनेरास्ववियुले बताएको छ । हस्ताक्षर संकलन अभियानमा अनेरास्ववियु बाजुराका अध्यक्ष दीलबहादुर थापा भोटे सहीत, नेताहरु प्रेम नेपाली, लक्ष्मण रोकाया, भरत बोहरा, उमेश विक सहीत सहभागि छन् । 

गत वर्ष भदौ अन्तिम साता सहपाठीहरूसँगै इजरायल पुगेका जोशीलाई इजरायलको दक्षिणी क्षेत्रमा हमासले असोज २० गते अप्रत्याशित रुपमा हमला गरि बन्धक बनाएको थियो ।

इजरायल सरकारको सहयोगमा ‘लर्न एन्ड अर्न’ कायक्रममा गएका दार्चुलाका २ जना सहित सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको हमासको आक्रमणमा परि ज्यान गएको थियो । 

प्रतिक्रिया