गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४८
Dho

स्याउको बजारीकरणमा कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन ३२, २०८१
स्याउको बजारीकरणमा कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने

बाजुरा : बाजुरामा उत्पादन भएका स्याउ बजारीकरण गर्न कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने भएको छ । बाजुराका विभिन्न ठाउँमा उत्पादन भएको स्याउको बजारीकरणका लागि कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने भएको हो। 

जिल्लाका बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक गाउँपालिका, गौमुल गाउँपालिका लगायत विभिन्न स्थानमा पर्याप्त मात्रामा स्याउ उत्पादन हुने भएपनि बजारीकरणका लागि समस्या हुने गरेको भन्दै यस वर्ष स्याउको बजारीकरणका लागि कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने जनाएको छ ।

बजारीकरण तथा व्यवस्थापनमा समस्या भएको गुनासोपछि कृषि ज्ञान केन्द्र बाजुरा कृषि प्राविधिकको टोलीसहित कृषकका बारीमा पुगेर अध्ययन गर्ने क्रम जारी रहेको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख भूमिराज उपाध्यायले बताएका छन् । 

बुढीनन्दा नगरपालिका–९ अंगापानीको साहारा स्याउ फारमका संचालक उज्वल रावतले व्यावसायिक स्याउ खेतीबाट एक सिजनमा ६ सय क्वीन्टल स्याउ उत्पादन गर्ने गरेको बताएका छन् । 

तर समयमै बजारीकरण हुन नसक्दा खेर जाने गरेको उनको भनाई छ । उनले भने स्याउको सिजनमै सडक अवरुद्धले वर्षेनी घाटा व्यर्होनु परेको छ, यस वर्ष भने कृषि ज्ञान केन्द्रले बजारीकरणमा सहयोग गर्ने भनेपछि केही आशा पलाएको छ ।   

बाजुरामा सबैभन्दा बढी स्याउ उत्पादन बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक खापर  गाउँपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हुने र मार्तडी–कोल्टी सडकले यो क्षेत्रलाई जोड्ने गर्छ । तर प्रत्येक वर्ष स्याउँ बजारीकरण गर्ने समयमा सडक अवरुद्ध हुँदा स्याउँ ढुवानीमा समस्या हुने गरेको छ । 

प्रतिक्रिया