गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४१
Dho

डोटीमा बस दुर्घटनामा परेर १६ जना घाईते

बाजुरा
रमित वि.क.
शुक्रबार, साउन ३२, २०८१
डोटीमा बस दुर्घटनामा परेर १६ जना घाईते

बाजुरा : डाेटीमा बस दुर्घटना भएकाे छ । बिहीबार धनगढीबाट छुटेकाे शैलेश्वरी यातायातकाे ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब ४ बजे दिपायल सिलगढी नगरपालिका-४ स्थित रेडियो नेपालकाे प्रशारण केन्द्र नजिकै दुर्घटना भएकाे हाे ।

दुर्घटनामा १६ जना घाइते भएकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनीहरू मध्ये एक जना अवस्था गम्भीर रहेको छ । सबै घाइतेलाई उद्दार गरी उपचारका लागि सुजङ अस्पतालमा राखिएको छ । बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनाकाे कारण भने नखुलेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया