गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२२
Dho

परराष्ट्र मन्त्री आरजु राणा अर्को हप्ता भारत जाँदै

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन ३१, २०८१
परराष्ट्र मन्त्री आरजु राणा अर्को हप्ता भारत जाँदै

काठमाडौं : परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन्। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार उनी अर्को हप्ता नयाँ दिल्ली जान लागेकी हुन्। भारत बसाईका क्रममा उनले उच्च अधिकारीसहित समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्नेछिन्।

परराष्ट्र मन्त्री भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो। यद्यपि, दुवै पक्षबाट परराष्ट्र मन्त्री राणाको भारत भ्रमणबारे औपचारिक जानकारी आएको छैन। आज बस्ने मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय लिनसक्ने स्रोतले बताएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि भारतबाट केही दिनअघि भारतका विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण भएको थियो।

विदेश सचिव मिश्रीले नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री, मन्त्रीहरू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए। दुई देशको आपसी सद्‍भाव र सम्बन्धलाई थप मजबुत बनाउन परराष्ट्र मन्त्री भारत जान लागेको बताइएको छ।
 

प्रतिक्रिया