गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१३
Dho

बडीमालिका तीर्थ यात्रामा बिहीबार सार्वजनिक विदा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन ३१, २०८१
बडीमालिका तीर्थ यात्रामा बिहीबार सार्वजनिक विदा

बाजुरा : बडीमालिका नगरपालिकाले बिहीबार साउन ३१ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकामा बुधबार बसेको २०८१/८२ को पहिलो बैठकको निर्णय अनुसार बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय धार्मिक पिठ बडीमालिका माताको दर्शनका लागि पालिकाबाट सरकारी टोली बडीमालिका मन्दिरमा प्रस्थान गर्ने भएकोले साउन ३१ गते बिहीबारका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताएका छन् ।

बिहीबार पालिकाले औपचारिक रुपमा तीर्थयात्रामा टोली पठाउने छ । टोलीको नेतृत्व नगर प्रमुख र उपप्रमुख मध्ये एक जनाले गरेर जाने पालिकाले तयारी थालेको छ । गएको तीन वर्षदेखि बडीमालिकाले औपचारिक रुपमा सरकारी टोली बडीमालिका पठाउने चलन थालेको छ । बडीमालिका धार्मीक र पर्यटकीय महिमाले धर्तीकै स्वर्गको रुपमा परिचित छ । 

प्रतिक्रिया