गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५१
Dho

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

धनगढी
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ३०, २०८१
सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। बुधबार प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्री शाहले राखेको विश्वासको मतको पक्षमा ३६ मत परेको छ। ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्तिका लागि २७ मत भए पुग्छ। प्रदेश सभाको बैठकमा ४५ जना प्रदेश सभा सदस्य उपस्थित थिए।

१० दिनअघि साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिका ७ गरी ३६ मत पाएका हुन्। विपक्षमा ८ मत परेको छ।

एकीकृत समाजवादीका ४ र माओवादीका ४ मत मत विपक्षमा परेको छ। माओवादीका १० सांसदमध्ये ६ जना अनुपस्थित रहेका थिए। त्यस्तै राप्रपा अनुपस्थित र स्वतन्त्र सांसदको मत तटस्थ रहेको थियो।

प्रतिक्रिया