गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२६
Dho

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

धनगढी
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ३०, २०८१
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आज (बुधबार) विश्वासको मत लिने भएका छन्। प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजन सम्बन्धी प्रस्ताव दर्ता गराएका थिए।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची छ। २० साउनमा नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस संसदीय दलका नेता समेत रहेका शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

उनी सुदूरपश्चिमको नेतृत्वको दोस्रो कार्यकालका लागि दोहोरिएका छन्। मुख्यमन्त्री नियुक्त भएलगत्तै नागरिक उन्मुक्ति समेतलाई समेटेर शाहले मन्त्रिमण्डललाई पूर्णता दिए।

सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसका ३ मन्त्री र २ राज्यमन्त्री, नेकपा एमालेका ३ मन्त्री र १ राज्यमन्त्री तथा नागरिक उन्मुक्तिबाट एक मन्त्री छन्।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको आवश्यकता पर्छ। नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसदको साथ मुख्यमन्त्री शाहलाई छ।

प्रतिक्रिया