गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५५
Dho

गौमुल ४ मा ५ सय बोट विरुवा रोपिए

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन २९, २०८१
गौमुल ४ मा ५ सय बोट विरुवा रोपिए

बाजुरा : गौमुल गाउँपालिका–४ मा विभिन्न प्रजातिका विरुवा रोपेका छन् । वडा कार्यालयको आर्थिक सहयोग र माउन्टेन भिजन युवा क्लवको आयोजनामा वडा कार्यालयको परिसर भित्र ५ सय विरुवा रोपेको हो । 

वातावरणलाई स्वच्छ, सुन्दर र हरियाली प्रवद्र्धन गर्ने उद्देश्य सहीत मनसुन भर विरुवा रोप्ने कार्य जारी राखिएको वडाध्यक्ष अमर बहादुर विकले बताएका छन् । 

विभिन्न क्लव र समूहसंग सहकार्य गरी पहिरोको जोखिम स्थानमा पनि वृक्षारोपण कार्यलाई निरन्तरता दिएको उनले बताए । वडाध्यक्ष विकले पछिल्लो समय सामाजिक कार्यमा युवाको सक्रियता बढ्दै गएकोमा खुशी व्यक्त गर्दै युवा थप जागृत गर्न आफू पछि नहट्ने बताएका छन् ।

विरुवा रोप्न र वडाको हरेक कार्यमा सहयोग गर्ने व्यक्तिहरुलाई उनले धन्यवाद समेत दिएका छन् । वडा भित्रका विभिन्न ठाउँमा रोपिएका विरुवाको संरक्षण गर्न सबैलाई आग्रह गरिएको छ । 

वृक्षारोपण कार्यक्रममा जनप्रतिनिधी, वडाका कर्मचारी, युवा क्लव तथा समूहका पदाधिकारी, स्वास्थ्य स्वयंमसेविका लगायतको सहभागिता रहेकाे  थियाे ।
 

प्रतिक्रिया