गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२९
Dho

सुदूरपश्चिममा मन्त्रालयको भागबण्डा टुंगियो, यी हुन मन्त्री बन्नेहरु ?

धनगढी
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन २१, २०८१
सुदूरपश्चिममा मन्त्रालयको भागबण्डा टुंगियो, यी हुन मन्त्री बन्नेहरु ?

धनगढी : सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दल कांग्रेस र एमाले बीच मन्त्रालयको भागबण्डा टुङ्गो लागेको छ। मुख्यमन्त्री आर्थिक मामिला मन्त्रालय र सामाजिक विकास मन्त्रालय काङ्ग्रेसको भागमा पर्दा भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एमालेको भागमा परेको छ।

उद्योग पर्यटक वन तथा वातावर मन्त्रालय नागरिक उन्मुक्ति पार्टीले पाउने भनेको छ । सबै दलहरूले करिब मन्त्रीको टुङ्गो लगाइसकेका छन्। काङ्ग्रेसले मेघराज खड्का बहादुर सिंह थापालाई मन्त्री बनाउने भएको छ भने एमालेले पुरानै तीन मन्त्री दोहोर्‍याउने वा नयाँ थप गर्ने विषयमा छलफल गरिरहेको छ ।

एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्की यस अघि मन्त्री भएका थिए । अहिले यी तिनै जनालाई मन्त्री बनाउने वा अन्य केही थपघट गर्ने भन्ने विषयमा २ बजे संसदीय दलको बैठक निर्णय गर्ने बताएको छ । कांग्रेसले १ बजे दलको बैठकबाट मन्त्रीको निर्णय गर्ने जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने तयारी गरेको छ । आज ३ बजे मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गर्दैछन्। त्यसलगत्तै मन्त्रिहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ।कांग्रेसबाट गीत चौधरी र एमालेबाट सरस्वती साउँद राज्यमन्त्री बन्दै छन् ।

प्रतिक्रिया