गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३८
Dho

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको पुग्यो डेढ लाख रुपियाँ

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन २१, २०८१
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको पुग्यो डेढ लाख रुपियाँ

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ५० हजार रुपैयाँ कायम भएको हो।

अघिल्लो कारोबार दिन आइतबार दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढे पनि चाँदीको भाउ भने स्थिर छ।

आज चाँदी प्रतितोला १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार प्रतितोला चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया