गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१६
Dho

सुदूरपश्चिममा कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम

धनगढी
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन २१, २०८१
सुदूरपश्चिममा कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम

धनगढी : नेपाली कांग्रेसले सुदूरपश्चिमका मन्त्रीहरुको नाम लगभग टुंगो लगाएको छ । अहिले १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीहरुको नामलाई अन्तिम रुप दिनेछ ।

एक नेताका अनुसार प्रदेश महामन्त्री मेघराज खड्काका साथै बहादुर थापालाई मन्त्री बनाउने तयारी छ । दुई राज्यमन्त्रीमा गीता चौधरी र ललिता सुनुवारको सम्भावना छ ।

सत्तारुढ दलहरुबीच भएको भागबन्डामा कांग्रेसले मुख्यमन्त्री र तीन मन्त्रालय तथा एमालेले ३ मन्त्रालय पाएको थियो । तर नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा समेट्न कांग्रेसले आफूले पाएको एउटा मन्त्रालय नाउपालाई दिने भएको छ ।

एमालेले २ बजे संसदीय दलको बैठक बोलाएको छ । ३ बजे मुख्यन्त्री कमलबहादुर शाह र मन्त्रीहरुको शपथ कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया