गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३१
Dho

सुदूरपश्चिममा नाउपाका लक्ष्मण किशाेर मन्त्री बन्दै

धनगढी
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन २१, २०८१
सुदूरपश्चिममा नाउपाका लक्ष्मण किशाेर मन्त्री बन्दै

धनगढी : सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी(नाउपा) पनि सरकारमा सहभागी हुने भएकाे छ । नाउपाले लक्ष्मण किशाेर चाैधरीलाई मन्त्री बनाउने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

उनका अनुसार लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् । सुदूरपश्चिममा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका कमलबहादुर शाहले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ ग्रहणसँगै शाहले मन्त्रिपरिषद् समेत सोमबार नै विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया