गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५८
Dho

सुदूरपश्चिममा ट्राफिक नियम पालना नगर्ने ७३ हजार सवारी चालक कारबाहीमा

धनगढी
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन २१, २०८१
सुदूरपश्चिममा ट्राफिक नियम पालना नगर्ने ७३ हजार सवारी चालक कारबाहीमा

धनगढी : सुदूरपश्चिममा ट्राफिक नियमको पालना नगर्ने ७३ हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन्। एक वर्षको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ७३ हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका हुन्।

आर्थिक वर्ष २०८०/८१ मा ट्राफिक नियम नमान्ने सवारीसाधानबाट करिब ५ करोड राजश्व समेत असुल गरिएको छ। ट्राफिक नियम नमान्नेमा मोटरसाइकल चालकको संख्या सबैभन्दा धेरै देखिएको छ। सो अवधिमा झण्डै ३१ हजार मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
झण्डै पाँच करोड राजस्व असुल
आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा ७३ हजार ४७९ सवारी चालक कारबाहीमा परेका छन््। ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा ४ करोड ८९ लाख ८७ हजार जरिबाना असुल गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता ट्राफिक प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले बताए।

गत आर्थिक वर्षमा ६ हजार ३७४ ट्रक, ३ हजार ६१४ बस, १७ हजार ९५९ जिप/कार, ७ हजार ३२३ ट्याक्टर, ३० हजार ९४८ मोटरसाइकल तथा ७ हजार २६१ अन्य सवारी चालक कारबाहीमा परेका छन्।
नियम नमान्नेमा मोटरसाइकल चालक बढी
ट्राफिक नियम उल्लंघन गर्नेमा मोटरसाइकल चालकको संख्या सबैभन्दा बढी देखिएको छ। गत वर्ष ३० हजार ९४८ मोटरसाइकल चालकबाट जरिबानामा असुल गरिएको छ। मोटरसाइकल चालकबाट दुई करोड १५ लाख ४२ हजार जरिबाना उठेको छ।

सवारी नियम उल्लंघन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् भने सडक दुर्घटनामा समेत मोटरसाइकल नै बढी पर्ने गरेको प्रदेश ट्राफिक प्रहरी प्रवक्ता उप्रेतीले बताए। ट्राफिक नियम उल्लंघन गर्नेमा ३५ वर्ष उमेरसम्मका युवाहरुको संख्या उल्लेख्य रहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया