गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३१
Dho

मनसुनजन्य विपद्‍मा परी मृत्यु हुनेको संख्या १५० पुग्यो

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, साउन १९, २०८१
मनसुनजन्य विपद्‍मा परी मृत्यु हुनेको संख्या १५० पुग्यो

काठमाडौं : बाढी, पहिरोलगायत मौसमजन्य विपद्मा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

विपद्मा ४९ जना बेपत्ता तथा एक सय ७७ जना घाइते भएका छन् भने विपदमा फसेका एक सय आठ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन्। यही जेठ २८ यताका भएका घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका छन्। 

प्रतिक्रिया