गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४६
Dho

सुदूरपश्चिममा २४१ जनाले गरे बहुविवाह, सबैभन्दा बढी कैलालीमा

धनगढी
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १८, २०८१
सुदूरपश्चिममा २४१ जनाले गरे बहुविवाह, सबैभन्दा बढी कैलालीमा

धनगढी : सुदूरपश्चिममा बहुविवाह गर्नेको संख्या बढेको छ। बहुविवाह गर्नेमा कैलाली सबैभन्दा अगाडी देखिएको छ। तीन वर्षको अवधिमा बहुविवाहका २ सय ४१ मुद्दा प्रहरीमा दर्ता भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा ८० जनाले बहुविवाह गरेका छन्।

बहुविवाह गर्ने ती ८० जना विरुद्ध प्रहरीमा उजुरी दर्ता भएका छन्। प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कैलालीमा २९ र त्यसपछि कञ्चनपुरमा १३ वटा वहुविवाहका मुद्दा प्रहरीमा दर्ता भएका छन्।

सो अवधिमा अछाममा ५, बझाङमा ८, बाजुरामा ८, डोटीमा ४, दार्चुलामा २, बैतडीमा ६ र डडेल्धुरामा ५ गरेर ८० जनाले बहुविवाह गरेका छन्। सुदूरपश्चिममा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि ८० जनाले बहुविवाह गरेका छन्।

सो अवधिमा सबैभन्दा बढी कैलालीमा ३४ र त्यसपछि कञ्चनपुरमा २९ जनाले बहुविवाह गरेका छन्। अछाम र बझाङमा २/२, बाजुरामा ६, डोटीमा एक, दार्चुलामा एक, बैतडीमा ३ र डडेल्धुरामा २ जनाले बहुविवाह गरेका छन्। घरमा श्रीमती हुँदाहुँदा अर्को विवाह गर्ने पुरुषको संख्या बढ्दोक्रममा देखिएको छ। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिममा ८१ जनाले बहुविवाह गरेका छन्।

सो अवधिमा पनि सबैभन्दा बढी कैलालीमा ४१ र त्यसपछि कञ्चनपुरमा १९ जनाले बहुविवाह गरेका छन्। सो अवधिमा अछाममा ३, बझाङ बाजुरा र डोटीमा २/२, दार्चुलामा ८, बैतडीमा ३ र डडेल्धुरामा एक गरेर ८१ जनाले बहुविवाह गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। बढ्दो आधुनिकता तथा सहरीकरणसँगै वैवाहिक समस्या समाजमा बढ्दै गएको छ।

साथै विवाहको प्रकृति, बहुविवाह, पुनः विवाह र पाचुकेजस्ता घटनाहरुको वृद्धिले सामाजिक संरचनालाई समेत चुनौती दिइरहेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ अनुसार बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। साथै बहुविवाह स्वतः बदर हुने समेत उक्त दफामा उल्लेख छ।

प्रतिक्रिया