गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१९
Dho

ओली सरकारले पायो पूर्णता, कांग्रेसबाट दुई र नागरिक उन्मुक्तिबाट १ राज्यमन्त्री थपिए

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १८, २०८१
ओली सरकारले पायो पूर्णता, कांग्रेसबाट दुई र नागरिक उन्मुक्तिबाट १ राज्यमन्त्री थपिए

काठमाडौं : मन्त्रिपरिषदले पूर्णता पाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले तीनजना राज्यमन्त्री थपेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।  प्रधानमन्त्री ओलीले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टीबाट एकजना राज्यमन्त्री थपेका हुन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपाली कांग्रेसबाट रुपा विक, पूर्णबहादुर तामाङ र नागरिक उन्मुक्तिबाट अरुण चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा तीनैजनालाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन र विकलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो। यसैगरी तामाङलाई ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

यसअघि प्रधानमन्त्री ओलीले शपथ लिएका दिन २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए। नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषद २५ सदस्यीय भएको छ। ओली नेतृत्वको सरकारमा पाँच दलको सहभागीता भएको छ।

सरकारमा नेपाली कांग्रेस,नेकपा एमाले,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्। एमाले र कांग्रेसबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएको छ।

सहमतिअनुसार  नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र त्यसपछि कांग्रस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ।

null

प्रतिक्रिया