गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३४
Dho

कञ्चनपुरमा ३६ घण्टापछि नरभंक्षी बाघ नियन्त्रणमा, बर्दिया पठाउने तयारी

धनगढी
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १८, २०८१
कञ्चनपुरमा ३६ घण्टापछि नरभंक्षी बाघ नियन्त्रणमा, बर्दिया पठाउने तयारी

महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा महिलामाथि आक्रमण गर्ने बाघ ३६ घण्टापछि नियन्त्रणमा आएको छ ।  बुधबार साँझ उखुबारीमा बाघ देखिएपछि स्थानीयले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए ।

बिहीबार बिहानैदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरेपनि सोही दिन बिहान १० बजेतिर खेतमा काम गरिरहेकी २६ वर्षीया हिरादेवी शाहलाई आक्रमण गरेको थियो।  बाघको आक्रमणबाट उनको मृत्यु भएको थियो ।

त्यसपछि निकुञ्जको टोलीले ४ वटा हात्ती प्रयोग गरेर बिहिबार दिनभर बाघ नियन्त्रणमा लिने प्रयास गरेपनि असफल भएको थियो । बिहिबार राति निकुञ्ज र सुरक्षाकर्मीको टोलीले रातभर पहरा दिएका थिए ।

बाघलाई अल्झाउन उखुबारीमा पाडो पनि बाँधिएको थियो । उक्त पाडो समेत बाघले लगेको थियो । शुक्रबार बिहानैदेखि पुनः हात्तीसहित प्राविधिक टोली बाघ नियन्त्रण गर्न परिचालन गरिएका हुन् ।

शुक्रबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिन सफल भएको हो।  'बाघ नियन्त्रणमा लिइसकेका छौं, विभागको पत्र आएको छ त्यसअनुसार बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौं।'

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने,'बिहिबार बाघ नियन्त्रणमा आउन नसकेपछि रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले पहरा दिएका हुन् ।'

उनले शुक्रबार बिहान मात्रै बाघ नियन्त्रणमा आउन सकेको बताए । बाघलाई नियन्त्रणमा लिनका लागि बिहिबार ४ वटा हात्ती र प्राविधिक टोली परिचालन गरिएको थियो ।  

प्रतिक्रिया