गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०२:३१

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १८, २०८१
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी : सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री दीर्घबहादुर सोडारीले  आज विश्वासको मत लिने भएका छन् । गत बुधबार उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका थिए।

विश्वासको मत प्रयोजनका लागि आज ४ बजे प्रदेशसभा बैठक बस्दैछ। सुदूरपश्चिम प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरूलाई सूचना पनि पठाइसकेका छन् ।

असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए । उनले विश्वासको मत लिने अन्तिम दिन आज विश्वासको मत लिन लागेका हुन्।

सोडारी त्यतिबेला एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नाउपाका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा मुख्यमन्त्री भएका थिए ।

तर, केन्द्रमा नयाँ गटबन्धन बनेसँगै एमालेले असारको २० गते उनलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना तीनजना मन्त्रीहरूलाई  पनि फिर्ता बोलाएको थियो ।

विश्वासको मत लिन लागेपनि सोडारीले पाउने सम्भावना भने छैन । अहिले कांग्रेस र एमालेको गठबन्धन भएकाले यी दुई दलको मात्रै बहुमत पुग्छ । अझ रेशम पक्षका नाउपाका सदस्यहरूले पनि नयाँ सरकारलाई समर्थन गर्ने संकेत देखाएका छन् । सुदूरपश्चिम प्रदेशसभामा २७  सिट बहुमत हो । 

प्रतिक्रिया