गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३५
Dho

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन औचित्यविहिन

धनगढी
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन १५, २०८१
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन औचित्यविहिन

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन औचित्यविहिन बन्दै गएको छ। प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठक समेत स्थगित हुन पुगेपछि यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ।

हिजो (सोमबार) २ बजे आह्वान गरिएको तेस्रो बैठकमा मुख्यमन्त्री र मन्त्री बैठकमा सहभागि नभएपछि सभामुख भीमबहादुर भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक नै स्थगित गरेका थिए।

सभामुख भण्डारीले प्रदेश सभाको बैठकमा नियम पढेर सुनाउँदै अनिश्चितका लागि बैठक स्थगित भएको जानकारी गराए।अधिवेशनको बैठक सञ्चालन गर्न मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ।

तर मन्त्रीको उपस्थित नै नभएपछि प्रदेश सभाको पूर्वनिर्धारित कार्यसूचि बमोजिमको कारबाही अगाडि बढेन। साथै पूर्वनिर्धारित कार्यसूचिमा उल्लेखित कार्यक्रमहरु बैठकको कार्यसूचिबाटै हटाइएको छ।

प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकारको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरुले भने सरकारको खोजी गरेका छन्। सोमबार २ बजे बसेको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरुले टर्च बालेर सरकारको खोजी गरेका हुन्।

बैठकको कार्यसूचिमा शून्य समयमा असारमा भएको भिषण वर्षाले पुगाएको क्षतिका विषयमा छलफल हुने र राहत तथा उद्दारका लागि सरकारलाई निर्देशन दिन विशेष प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गर्ने कार्यसूचि थियो।

तर मुख्यमन्त्री र मन्त्री नै बैठकमा सहभागि नभएपछि उल्लेखित विषयहरु कार्यसुचीबाटै हटाइएको छ। यसैबिच सुदूरपश्चिम प्रदेश सरकारकी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले थापालाई आइतबार बर्खास्त गरेका हुन्।

सुदूरपश्चिमका अर्थमन्त्री अक्कल रावलले मन्त्री थापालाई बर्खास्त गरेको बताए। उनीमाथि मुख्यमन्त्रीलाई नटेरेको आरोप छ। प्रदेशसभा बैठकमा मन्त्री थापा सहभागी भएकी थिइन्। सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला उनी बैठकमा सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो।

प्रतिक्रिया