गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२४
Dho

सुदूरपश्चिमका मुख्यमन्त्रीले मन्त्रालय फुटाउने निर्णय सच्याए, पूरानै कायम गरी कार्यविभाजन

धनगढी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन १०, २०८१
सुदूरपश्चिमका मुख्यमन्त्रीले मन्त्रालय फुटाउने निर्णय सच्याए, पूरानै कायम गरी कार्यविभाजन

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले मन्त्रालय टुक्राउने निर्णय सच्याएका छन् । गत १६ असारमा ७ वटा मन्त्रालयलाई फुटाएर १० बनाउदै मन्त्रीपरिषद्काे कार्यविभाजन गरेका साेडारीले उक्त निर्णय सच्याउदै पूरानै मन्त्रालय कायम गरेका हुन् ।

साेडारीले पूरानै मन्त्रालय कायम राखेर मन्त्रीहरूकाेल कार्यविभाजन गरेका छन् । उनले माओवादी केन्द्रका अक्कलबहादुर रावललाई आर्थिक मामिला मन्त्रालय, लक्ष्मी विकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्रालयकाे जिम्मेवारी दिएका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चाैधरीलाई भाैतिक पूर्वाधार विकास मन्त्रालय, टीका थापालाई भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र एकीकृत समाजवादीकि माया पन्तलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ ।

मुख्यमन्त्रीकाे सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मन्त्रीपरिषद् विस्तार गरेका छन् । यसअघि मुख्यमन्त्री साेडारीले एमाले समेतलाई भागबन्डा  पुगाउन मन्त्रालय फुटाएर १० वटा कायम गरेका थिए ।

केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि २० असारमा एमाले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएर बाहिरिएको थियोे । एमाले बाहिरिएपछि अल्पमतमा परेका साेडारीले चालू वर्ष २०८१/८२ काे बजेट पारित गराउन सकेनन् भने प्रदेश सभाकाे अधिवेशन अन्त्य गरेर अध्यायदेशमार्फत बजेट ल्याउन खाेजेका थिए ।

कांग्रेस र एमालेका एक चाैथाई बढि प्रदेश सभा सदस्यकाे मागका आधारमा प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेपछि अध्यायदेशमार्फत बजेट ल्याउने याेजना असफल भएकाे थियाे । सुदूरपश्चिम अहिले बजेट विहिनताकाे अवस्थामा रहेकाे छ ।

प्रतिक्रिया