गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४५
Dho

शिक्षण अस्पताल पुगे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डे

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन १०, २०८१
शिक्षण अस्पताल पुगे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका छन्। सौर्य एयरलायन्सको विमान दुर्घटनाबाट ज्यान गुमाएकाहरूको पोष्टमार्टमबारे जानकारी लिन उनी शिक्षण अस्पताल पुगेका हुन्।

मन्त्री पाण्डेलाई अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल कुमार चौधरीले ब्रिफिङ गरेका थिए। मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने अस्पतालको तयारी छ।

कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डीएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने अस्पतालले जानकारी दिएको छ।

अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले भने, 'शव पहिचान नभइकन दिन मिल्दैन । १२ वटा शवको परीक्षण सकिएको छ। अहिले तीन वटा शव परीक्षण भइरहेको छ।

पहिचान नभएकाहरुको डिएनए गर्नुपर्‍यो भने नतिजा आउन दुई हप्ता लाग्छ। परेन भने भोलि बेलुकासम्म सबै शवको परीक्षण सकिन्छ होला। प्रक्रिया मिलेपछि पर्सिबाट आफन्तलाई हस्तान्तरण गर्न सकिन्छ।' 

प्रतिक्रिया