गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३९
Dho

विमान दुर्घटनास्थल निरीक्षणमा पुगे प्रधानमन्त्री ओली

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०९, २०८१
विमान दुर्घटनास्थल निरीक्षणमा पुगे प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा पुगेका छन् । उद्दारको काम सकिएपछि दुर्घटनास्थल निरीक्षणका लागि ओली पुगेका हुन् ।

यसअघि गृहमन्त्री रमेश लेखक पनि निरीक्षणका लागि विमानस्थल पुगेका थिए । बिहान ११ः११ मा काठमाडौंबाट इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र दुर्घटनामा परेको थियो ।

विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घाइते भएका पाइलटको उपचार भइरहेको छ । विमानमा सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी रहेको बताइएको छ ।

प्रतिक्रिया