गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५४
Dho

सौर्य एयरलाइन्सको जहाजमा सवार श्रीमान श्रीमती र छोराको मृत्यु

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०९, २०८१
सौर्य एयरलाइन्सको जहाजमा सवार श्रीमान श्रीमती र छोराको मृत्यु

काठमाडौं : सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मजुराज शर्मा, प्रिजा खतिवडा र अधिकार शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिकार उनीहरुका छोरा हुन् ।

प्रिजाका बुबा प्रकाश खतिवडाले ज्वाइँ अनुराज प्राविधिक भएको बताए । भावविह्वल अवस्थामा सम्पर्कमा आएका उनले ज्वाइ प्राविधिक भएको बताएपनि सौर्य एयरलाइन्सकै कर्मचारी भए–नभएको खुलाएनन् ।

तर, सौर्य एयरलाइन्सले भने उनीहरु सबै कर्मचारी भएको आफ्नो विवरणमा उल्लेख गरेको छ । पारिवारका अनुसार प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् । यस्तै अधिकार बने नाबालक हुन् ।

प्रतिक्रिया