गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४७
Dho

धनगढीबाट उडेका दुईवटा विमान अन्तै डाइभर्ट

धनगढी
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०९, २०८१
धनगढीबाट उडेका दुईवटा विमान अन्तै डाइभर्ट

धनगढी : कैलालीको धनगढीबाट उडेका दुईवटा विमान भैरहवा र नेपालञ्जमा आकस्मिक अवतरण गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि धनगढीबाट उडेका विमान पनि डाइभर्ट भएका हुन्।

धनगढी विमानस्थलबाट १० बजेर ५३ मिनेटमा काठमाण्डौंका लागि उडेको बुद्ध एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गराइएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए।

त्यस्तै साढे १० बजेपछि काठमाण्डौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरवाह विमानस्थलमा अवतरण गरेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

जहाज दुर्घटनापछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ। जसका कारण उडानहरु प्रभावित भएका छन्। श्री एयरलाइन्सले दिउँसो १ बजेर ५ मिनेटमा धनगढीबाट काठमाडौँ उडान रद्द गरेको छ।

प्रतिक्रिया