गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४३
Dho

धनगढीबाट उडेका विमान भैरवाह र नेपालगञ्जमा आकस्मिक अवतरण

धनगढी
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०९, २०८१
धनगढीबाट उडेका विमान भैरवाह र नेपालगञ्जमा आकस्मिक अवतरण

धनगढी : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि धनगढीबाट उडेका विमान पनि डाइभर्ट भएका छन् । धनगढी विमानस्थलबाट १० बजेर ५३ मिनेटमा काठमाडौैँका लागि उडेको बुद्ध एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

यस्तै साढे १० बजेपछि काठमडौँका लागि उडेको श्रीएयरलाइन्सको जहाज भैरवाह विमानस्थलमा अवतरण गरेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ । जहाज दुर्घटनापछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ ।

जसका कारण उडानहरु प्रभावित भएका छन् । श्रीएयरलाइन्सले दिउँसो १ बजेर ५ मिनेटमा धनगढीबाट काठमाडौँ उडान रद्द गरेको छ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको थियो । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो । ९एन–एएमई जहाजमा १९ जना सवार थिए ।

प्रतिक्रिया