गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४९
Dho

जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०९, २०८१
जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं : जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। विमानस्थल बन्द भएपछि बाहिरबाट आएका जहाजहरूलाई डाइभर्ट गरिएको छ।

बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा परेको हो।

विमानमा १७ जना इन्जिनियर र दुईजना क्रू मेम्बर सवार रहेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिएका छन्।

पाइलट मनिष शाक्यको भने घाइते अवस्थामा उद्दार गरी उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ। जहाज धावन मार्गबाट 0-2 बाट उडेको थियो। पाँच सयको फिटको उचाइमा पुगेको जहाजलाई देव्रेतिर मोड्ने क्रममा दुर्घटना भएको हो।

प्रतिक्रिया