गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४१
Dho

बुढीगंगाको नगर प्रमुखमा एमालेबाट ७ र उपप्रमुखमा ३ जनाको दाबी

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत २५, २०७८
बुढीगंगाको नगर प्रमुखमा एमालेबाट ७ र उपप्रमुखमा ३ जनाको दाबी

बाजुरा : बुढीगंगा नगरपालिकाको नगर प्रमुखका लागि नेकपा एमालेबाट ७ जनाले आकांक्षा देखाएका छन् । नगर कमिटीले आकांक्षी उम्मेदवारको नामावलीमा ७ जनाको उम्मेदवारी लदेखिएको छ । 

आकाक्षा राख्नेमा नेकपा एमाले बाजुराका पार्टी सचिव भरत थापा, नेकपा एमाले नेता रामबहादुर बाँनीया, मिनबहादुर विष्ट, जहरसिंह थापा, चन्द्र थापा, हंश बहादुर सिंह र तुलाबहादुर थापा रहेका छन् । 

आकाक्षी मध्ये रामबहादुर बाँनीया २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका दीपक विक्रम शाहसँग पराजित उम्मेदवार हुन् । पार्टी भित्रको अन्तरद्धन्द्ध र अन्तरघातकै कारण बाँनीयाले चुनावमा पराजित हुनु परेको नेकपा एमालेले निष्कर्ष निकालेको थियो ।

अर्का आकाक्षी भरत थापा अघिल्लो चुनावमै उम्मेदवार बनेका थिए । अन्तिममा रामबहादुर बानीयाको नाममा सहमति भएपछि चुनावी दौडबाट ब्याक भएका हुन् । युवा माझ लोकप्रीय थापाले टिकट आफूले पाउनु पर्ने माग राख्दै आएका छन् । भने पार्टी संगठनका लागि राम्रो निरन्तर खटिरहने छवी बनाएका बाँनीयाले पनि अन्तरघातले हराइएकोले यो पटक न्यायका लागि पनि आफूले टिकट पाउनु पर्ने दाबी गर्ने गरेका छन् ।

प्रदेश कमिटी सदस्य मिनबहादुर विष्ट नेकपा एमालेका पुराना र पाका नेता हुन् । संविधान सभा निर्वाचनमा समेत लडिसकेका विष्टले अन्तिम पटक आफ्नो नाममा सर्वसम्मत गर्न र युवा पुस्ताले सहयोग गर्नु पर्नेमा देखिन्छन् ।

यता चन्द्र बहादुर थापा र जहरसिंह थापाले पनि आफूहरु बलियो र सबैलाई मिलाएर जान सक्ने भएकोले टिकटको माग गरेका छन् । भने नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तुलाबहादुर थापाले पनि शिक्षक पेशाबाट राजिनामा नै नदिइ नगर प्रमुखमा उम्मेदवारी दिएका छन् । 

शिक्षा ऐन नियमावलीले राजीनामा नदिई राजनीतिक पदमा उम्मेदवार बन्न नपाइने प्रावधान छ । व्यापारीक पृष्टी भूमिबाट राजनीतिमा प्रवेश गरेका हंशबहादुर सिंहले जत स्तरमा आफ्नो बलियो प्रभाव रहेको दाबी सहीत उम्मेदवारी दिएका छन् । 

यस्तै उपप्रमुखमा तीन जनाले आकाक्षा राखेका छन् । जस्मा माया कुँवर, देबु खाती र विमला थापा छन् । कुँवर २०७४ को स्थानीय तह निर्वाचनमा पराजित हुन् । भने थापा र खाती हाल एमाले जिल्ला कमिटीमा छन् । उम्मेदवार बीच सहमति नभए जिल्लामा पठाउने गरि गृहकार्य भइरहेको नेकपा एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन् । 

एमाले २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेससँग २८५ मतले पराजित बनेको थियो । भने त्यो निर्वाचनमा माओवादीले २०६ मत प्राप्त गरेको थियो । प्रदेश र संघको निर्वाचनमा भने बाम गठबन्धन हुँदा एमालेले काँग्रेस भन्दा करिब २८ सय मत बढी ल्याएको थियो ।

एमालेका तीन जना केन्द्रीय नेताहरुको गृह पालिका समेत रहेको बुढीगंगा जनमतका हिसाबमा काँग्रेस भन्दा बलियो देखिएपनि चुनावमा हार बेहोर्ने गरेको छ । तीनहरु बीचको आन्तरिक द्धन्द्धकै कारण चुनावमा हार बेहोर्नु परेपनि जनमतका हिसाबमा गठबन्धन भएपनि जित्न सहज हुनेमा एमाले नेताहरु ढुक्क छन् ।   

प्रतिक्रिया