गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२८
Dho

सुदूरपश्चिममा आह्वान गरिएको विशेष अधिवेशन पनि अनिश्चितकालका लागि स्थगित

धनगढी
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन ०८, २०८१
सुदूरपश्चिममा आह्वान गरिएको विशेष अधिवेशन पनि अनिश्चितकालका लागि स्थगित

धनगढी : सुदूरपश्चिममा मंगलबार बोलाइएको संसदको विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। सरकारले अध्यादेश ल्याउनका लागि बजेट अधिवेशन अन्त्य गराएपछि, कांग्रेस-एमालेका २० जना सांसदहरूले विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुख नजीर मियाँले मंगलबार विशेष अधिवेशन बोलाएका थिए।

तर, संसदको विषेश अधिवेशनमा कुनै पनि विषय छलफलका लागि नभएकाले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ। सुदूरपश्चिममा सत्ता पक्ष र कांग्रेस-एमालेबीच जुँगाको लडाईँ देखिएको छ।

असार १ गते तत्कालीन सत्ता गठबन्धनले ल्याएको बजेट पास हुन नसकेपछि प्रदेशमा अहिले बजेट शून्यताको अवस्था छ। सत्तामा रहेका समाजवादीका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री पद नछोड्ने बरु अध्यादेशबाट बजेट ल्याउने प्रयासमा लागेका छन्।

कांग्रेस-एमालेले मुख्यमन्त्री सोडारीलाई अध्यादेशमार्फत बजेट ल्याउन नदिने दाउमा छन्। अध्यादेश ल्याउनकै लागि सरकारले बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई पत्राचार गरेपछि साउन ४ गते संसदको बजेट अधिवेशन अन्त्य भएको थियो। तर, सरकारलाई अध्यादेश ल्याउनबाट रोक्न कांग्रेस र एमालेका २० जना प्रदेश सभा सदस्यले सोही दिन विषेश अधिवेशन आह्वानको माग गरेका थिए। 

प्रतिक्रिया